एनपीएल: सुदूरपश्चिमले काठमान्डुलाई दियो १६८ रनको लक्ष्य - Chaitanya News
  • 2026-06-06
  • 21:59:24
  • शनिबार,जेठ २३, २०८३
  • एनपीएल: सुदूरपश्चिमले काठमान्डुलाई दियो १६८ रनको लक्ष्य

    एनपीएल: सुदूरपश्चिमले काठमान्डुलाई दियो १६८ रनको लक्ष्य

    काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी क्रिकेटमा सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गुर्खाजलाई १६८ रनको लक्ष्य दिएको छ।

    टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ब्राण्डन म्याकमुलेनको अर्धशतक र दीपेन्द्र सिंह ऐरीको आक्रमक ब्याटिङमा १६७ रन बनाएको हो।

    म्याकमुलेनले ३६ बल खेल्दै ३ चौका र ४ छक्का मदतमा सर्वाधिक ५३ रन बनाए। यस्तै कप्तान दीपेन्द्रले २५ बलमा ३ चौका र २ छक्का मदतमा ४३ रन जोडे। ओपनर विनोद भण्डारीले २८ बल खेल्दै समान २ चौका र छक्का मदतमा ३५ रन बनाए।

    काठमान्डुका रासिद खानले २ विकेट लिए।