काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी जिमी नीशमको अलराउण्ड प्रदर्शनमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित हात पारेको छ।
जनकपुरले बिहीबार पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो। लाहिरु मिलान्थाको ४५ रन तथा नीशमको अविजित ४० रन मदतमा १३८ रनको लक्ष्य जनकपुरले १७(१ ओभर खेल्दै १४३ रन बनाएर पूरा गरेको हो।
मिलान्थाले ३२ बल खेल्दै ८ चौका मद्तमा सर्वाधिक ४५ रन बनाए। यस्तै नीशमले २० बल खेल्द ५ छक्का मदतमा अविजित ४० रन जोडे। आसिफ शेखले ३४ बलमा ३३ रन बनाए। हर्श थाकरले १३ रन जो८। कप्तान अनिल शाह १ रनमा आउट भए।
पोखराका लागि विपिन खत्री, कुशल भुर्तेल र माइकल लिस्कले समान १ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनाएको थियो । पोखराका लागि म्याट क्रिटलेले ३० बल खेल्दै ३ चौका र १ छक्का मद्तमा सर्वाधिक ३५ रन बनाए ।
माइकल लिस्कले २५, आन्द्रेस गौसले २० तथा रेमोन रेइफरले १७ रन जोडे ।
बलिङमा जनकपुरका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा ३१ रन खर्चिए। जिमी नीशमले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए।
किफायती बलिङ गरेका मोहमम्द मोहसिनले ४ ओभरमा १ मेडन राख्दै १७ रन रख्चर १ विकेट लिए । किशोर महतोले पनि १ विकेट लिए। उनले ४ ओभरमा ३२ रन खर्चिए।