एनपीएल: पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्‌लाई दियो १३९ रनको लक्ष्य - Chaitanya News
  • 2026-06-06
  • 22:00:13
  • शनिबार,जेठ २३, २०८३
  • एनपीएल: पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्‌लाई दियो १३९ रनको लक्ष्य

    एनपीएल: पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्‌लाई दियो १३९ रनको लक्ष्य

    काठमाडौँ– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्‌लाई जितका लागि १ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

    टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन बनाएको हो।

    पोखराका लागि म्याट क्रिट्ले सर्वाधिक ३५ रन जोडे भने माइकल लिस्कले २५ रनको योगदान गरे ।

    जनकपुर बोल्टसका ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । उनले खेलमा ३ विकेट लिए ।