काठमाडौँ– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले फिल्डिङ गर्ने भएको छ।
जनकपुर बोल्टसका कप्तान अनिल शाहले टस जितेर फिल्डिङ रोजेपछि पोखराले पहिले ब्याटिङ गर्ने भएको हो।
एनपीएलमा जनकपुरको यो तेस्रो खेल हो। यसअघि जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स र दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध समान आठ विकेटको जित निकालेको थियो।
प्रतियोगितामा पोखराको भने यो दोस्रो खेल हो । पोखराले यसअघि चितवन राइनोजसँग ८७ रनको हार व्यहोरेको थियो। पोखरा आज पहिलो जितको खोजीमा ।