आज देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान - Chaitanya News
  • 2026-07-17
  • 06:05:29
  • शुक्रबार,साउन ०१, २०८३
  • आज देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान

    काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जनाउँदै देशभरको मौसम सफा रहने बताएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ। साथै तराईका केही स्थानमा हुस्सु लागेको छ।

    विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।

    शुक्रबार बिहान तराई तथा उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उडानमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैलाई अनुरोध गरेको छ।