काठमाडौँ– अञ्जीर स्वस्थ र पौष्टिक भोजनको अविश्वसनीय विकल्प हो। अञ्जीर भिटामिन, खनिज, फाइबर, प्रोटिन, फ्याट, क्याल्सियम, आइरन, म्याग्नेसियम र जिंक जस्ता पोषक तत्वहरूको ठुलो स्रोत हो।
नियमित रूपमा यसको सेवन गर्दा समग्र स्वास्थ्यलाई बढवा मिल्छ। यसको सेवनका अनगिन्ती स्वास्थ्य लाभहरू छन्। तर कसै–कसैलाई अञ्जीर मन पर्दैन। यस्ता मानिसका लागि अञ्जीरको पानी राम्रो विकल्प हुन सक्छ।
हरेक दिन बिहान खाली पेटमा यसको पानी पिउँदा पाचनमा मद्दत मिल्छ । तौल घटाउन सहयोग मिल्छ र मुटुसम्बन्धी रोगको जोखिम पनि कम हुन्छ। अञ्जीरको पानीलाई डिटक्स पेयको रूपमा पनि खान सकिन्छ। आजको यस लेखमा हामीहरू अञ्जीर पानी खाँदाको स्वास्थ्य लाभबारे कुराकानी गर्न गइरहेका छौँ।
पाचन स्वास्थ्यलाई बढवा मिल्छ:
अञ्जीरको पानीले शरीरमा डिटक्स ड्रिंकको रूपमा काम गर्दछ र पाचन प्रणाली अनि यसको कार्यहरूलाई बढाउन मद्दत गर्दछ। अञ्जीर फाइबरको प्रचुर स्रोत हो। अञ्जीरको पानीले प्रोबायोटिकको रूपमा पनि काम गर्छ जसले आन्द्रामा स्वस्थ ब्याक्टेरिया बढाउँछ।
मुटुको स्वास्थ्य:
अञ्जीर मुटुको स्वास्थ्यको लागि राम्रो आहारको हो। आफ्नो आहारमा थप बोटमा आधारित खानाहरू समावेश गर्ने यो उत्कृष्ट तरिका पनि हो। अञ्जीरमा पाइने फाइबरको उच्च स्तरले हाम्रो स्वास्थ्य प्रणालीबाट अतिरिक्त सोडियमलाई बाहिर निकाल्न मद्दत गर्दछ।
हड्डीको घनत्व बढाउँछ:
अञ्जीरको पानी नियमित आहारमा उत्कृष्ट पूरक पनि हो। क्याल्सियम र पोटासियमको ठुलो स्रोत भएकोले यसले व्यक्तिको हड्डीको स्वास्थ्यलाई फाइदा पुर्याउँछ। यी खनिजको संयोजनले एकै साथ हड्डीको घनत्व सुधार गर्ने र ओस्टियोपोरोसिस जस्ता हाड–सम्बन्धी रोगहरूलाई रोक्न काम गर्छ।
तौल घटाउन सहयोगी:
अञ्जीर वा यसको पानीको सेवनले तौल घटाउन मद्दत गर्छ । नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच)का अनुसार अञ्जीरमा फ्लेभोनोइड्स, फेनोलिक एसिड, क्यारोटिनोइड्स, र टोकोफेरोलसहित विभिन्न प्रकारका बायोएक्टिभ कम्पोनेन्टहरू पाइन्छ। यी कम्पोनेन्टहरू शताब्दीयौंदेखि परम्परागत चिकित्सामा ग्यास्ट्रोइंटेस्टाइनल, श्वासप्रश्वास, मुटुसम्बन्धी सम्बन्धी समस्याको उपचारमा प्रयोग हुँदै आएको छ। एजेन्सी