प्रधानमन्त्री ओलीले भने: नेपाल चिनियाँ लगानी भित्र्याउन तयार छ - Chaitanya News
  • 2026-11-17
  • 20:57:06
  • मंगलबार,मंसिर ०२, २०८३
  • प्रधानमन्त्री ओलीले भने: नेपाल चिनियाँ लगानी भित्र्याउन तयार छ

    प्रधानमन्त्री ओलीले भने: नेपाल चिनियाँ लगानी भित्र्याउन तयार छ

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार चिनियाँ लगानी भित्र्याउन इच्छुक रहेको बताएका छन्।

    नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सिसिपिआइटी)को आयोजना तथा चीनस्थित नेपाली दूतावासको समन्वयमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो भनेका हुन् । यस्तै उनले नेपाल राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश गरिसकेकाले लगानीको वातावरण बन्दै गएको उल्लेख समेत गरे।

    समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामी लगानीका लागि सहजीकरण गर्छौ, लगानीको सुरक्षा गर्न प्रतिबद्ध छौँ”, प्रधानमन्त्री ओलीले भने। उनले चिनियाँ लगानीकर्तालाई प्राकृतिक रूपमा सुन्दर मुलुक नेपालको भ्रमण गर्न आग्रह गर्दै विभिन्न क्षेत्रमा लगानी गर्न आह्वान गरे।

    चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चार दिवसीय भ्रमणका क्रममा प्रधानमन्त्री ओली यही मङ्सिर १७ गते त्यहाँ पुगेका हुन्। उनी भोलि (बिहीबार) स्वदेश फर्कने कार्यतालिका छ।