एनपीएल: कर्णालीविरुद्ध टस जितेर फिल्डिङ गर्दै काठमाडौँ गुर्खाज - Chaitanya News
  • 2026-06-06
  • 22:00:01
  • शनिबार,जेठ २३, २०८३
  • एनपीएल: कर्णालीविरुद्ध टस जितेर फिल्डिङ गर्दै काठमाडौँ गुर्खाज

    एनपीएल: कर्णालीविरुद्ध टस जितेर फिल्डिङ गर्दै काठमाडौँ गुर्खाज

    काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध काठमाडौँ गुर्खाजले पहिले फिल्डिङ गर्ने भएको छ।

    बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर काठमाडौँले फिल्डिङको निर्णय लिँदै कर्णालीलाई ब्याटिङमा निम्त्याएको हो।

    काठमाडौँको टोलीमा अघिल्लो खेल खेलेको टोलीबाट एक खेलाडी परिवर्तन गरिएको छ । अलराउन्डर ड्यान डाउथवेटको स्थानमा लेग स्पिनर नथान साउटरलाई खेलाइरहेको छ । कर्णालीले लेग स्पिनर मौसम ढकालको स्थानमा ट्यालेन्ट हन्टबाट आएका देव्रेहाते स्पिनर विपिन शर्मालाई खेलाएको छ ।

    काठमाडौँबाट माइकल लेभिट, स्टेफन इस्केनाजी, शंकर राना, भीम सार्की, सुमित महर्जन, जेहरार्ड इरसमस, करण, रशिद खान, नथान साउटर, शाहव आलम र दीपेश कँडेल प्लेयिङ ११ मा खेलिरहेका छन्।

    यस्तै, कर्णालीबाट देव खनाल, शिखर धवन, चाडविक वाल्टन, बाबर हायत, जेसन मक्सुद, गुलशन झा, अर्जुन घर्ती, सोमपाल कामी (कप्तान), भुवन कार्की, नन्दन यादव र विपिन शर्मा खेलिरहेका छन्।

    काठमाडौँ पहिलो खेलमा चितवन राइनोजसॅग ५ विकेटले र कर्णाली आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससॅग ८ विकेटले पराजित भएको थियो।