काठमाडौँ– इन्धनको मूल्य बढेसँगै आन्तरिक हवाई भाडासमेत वृद्धि भएको छ। नेपाल आयल निगमले १५ गते हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको थियो। आज (मंगलबार) नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले भाडा बढाउने निर्णय गरेको हो। बढेको भाडा भोलि, १९ गतेदेखि लागू हुनेछ।
यसअनुसार काठमाडौँबाट हुने माउन्टेन फ्लाइटमा ६५ रुपैयाँ बढेको छ। काठमाडौँ–सिमरा १५ रुपैयाँले वृद्धि भएको छ भने काठमाडौँ धनगढी ९० रुपैयाँले बढेको छ।
त्यस्तै काठमाडौँ–विराटनगर ५० रुपैयाँ, काठमाडौँ–पोखरा ३०, काठमाडौँ भैरहवा ४०, नेपालगन्ज ६० र सुर्खेत ६५ रुपैयाँले भाडा बढेको क्यानले जनाएको छ।