चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य - Chaitanya News
  • 2026-06-06
  • 21:59:41
  • शनिबार,जेठ २३, २०८३
  • चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

    चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

    काठमाडौं– रवि बोपारको अर्धशतक मदतमा चितवन राइनोजले नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ।

    टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले बोपाराको ५१ रन मदतमा ७ विकेट गुमाएर १६१ रन बनाएको हो।

    ३८ बल खेलेका बोपाराले ३ चौका र ३ छक्का प्रहार गरे। यस्तै कप्तान कुशल मल्लले २३ बल खेल्दै १ चौका र ४ छक्का मदतमा ३८ रन बनाए।

    लुक बेन्केन्सटेइनले १६ र हसन इसाखिलले १४ रन बनाए। शरद भेषावकर ११ रनमा अविजित रहे।

    बलिङतर्फ पोखराका विपिन खत्री, बास डी लेड र रेमोन रेइफरले दुई–दुई विकेट लिए।