एनपीएलमा विराटनगरलाई ९० रनले पराजित गर्दै सुदूरपश्चिमको सानदार सुरुआत - Chaitanya News
  • 2026-06-06
  • 22:00:13
  • शनिबार,जेठ २३, २०८३
  • एनपीएलमा विराटनगरलाई ९० रनले पराजित गर्दै सुदूरपश्चिमको सानदार सुरुआत

    एनपीएलमा विराटनगरलाई ९० रनले पराजित गर्दै सुदूरपश्चिमको सानदार सुरुआत

    काठमाडौं– सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध सानदार जीत निकाल्दै नेपाल प्रिमियर लिग (एनपीएल)मा उत्कृष्ट सुरुआत गरेको छ।

    सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगर किंग्सले ९२ मात्रै बनायो। विराटनगरका बसिर अहमदले २४, निकोलस किर्टोनले १५ र क्रिस सोलेले १० रन बनाए। अरुले दोहोरो अंकमा रन जोड्न सकेनन्।

    यो विराटनगरको लगातार दोस्रो हार हो। यसअघि जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको थियो।

    आक्रामक ब्याटिङ गरेको सुदूरपश्चिमले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दा विराटनगर निरिह बन्यो। विराटनगरविरुद्ध फराकिलो जीत निकाल्ने क्रममा अविनाश बोहोरा र स्कटले तीनरतीन विकेट लिए। ब्रान्डन, इशान पाण्डे र सैफ जैबले एक–एक विकेट लिए।

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले कप्तान दीपेन्द्र सिंह ऐरीको आक्रमक ब्याटिङमा १८२ रन बनाएको थियो।

    कप्तान ऐरीले अन्तिम दुई बलमा लगातार छक्का प्रहार गर्दै सानदार फिनिसिङ गरे। उनले १९।५ ओभरमा प्रतिश जिसीलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए। अन्तिम बलमा पनि छक्का हानेपछि दीपेन्द्रले २४ बलमा अविजित ५७ रन बनाए। उनले ३ चौका र ५ छक्का प्रहार गरे। उनले बाउन्ड्रीबाट ४२ रन जोडेका थिए।

    सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो। कप्तान दीपेन्द्रसिंह ऐरीले ५७, ब्रान्डनले ३६, बिनोद भण्डारीले २३, इशान पाण्डेले २१, सैफ जैबले १४, स्कटले १० रन बनाए।

    विराटनगरका अनिल खरेलले तीन, क्रिस सोले, इस्मत अलाम र बसिर अहमेदले एक–एक विकेट लिए।