एनपीएल: आज पनि दुई खेल हुँदै - Chaitanya News
  • 2026-06-06
  • 23:26:51
  • शनिबार,जेठ २३, २०८३
  • काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुदैँछ।

    कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्ससँग खेल्दैछ।

    यस्तै, दोस्रो खेलमा दिउँसो १ बजे चितवन राइनोज र पोखरा एभेन्जर्स खेल्दै छन्। यसअघि विराटनगर जनकपुर बोल्ट्ससँग हारेको थियो भने चितवनले काठमाडौँ गुर्खाजलाई हराएको थियो।

    घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ वटा फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स,कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन्।