एनपीएल: अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित - Chaitanya News
  • 2026-06-06
  • 23:27:21
  • शनिबार,जेठ २३, २०८३
  • एनपीएल: अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित

    एनपीएल: अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेपछि जनकपुर बोल्ट्सले लगातार दोस्रो जित हात पारेको छ।

    अनिलको अविजित ६२ रन मदतमा जनकपुरले कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य १५.१ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो।

    ओपनर अनिलले ४२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे।

    अनिलले मार्की खेलाडी आसिफ शेखसँग पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए। आसिफले २९ बल खेल्दै २ चौका र २ छक्का मदतमा ३६ रन जोडे।

    दोस्रो विकेटका लागि अनिल र लाहिरु मिलान्थाले ३३ रनको साझेदारी गरे । अघिल्लो खेलमा विराटनगर विरुद्ध अर्धतशक बनाएका मिलान्थाले १३ बलमा २ चौका र २ चौका प्रहार गर्दै २४ रन बनाए ।

    जिम् नीशमले अविजित १६ रन योगदान गरे । ८ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे ।कर्णालीका मौसम ढकाल र निशान मक्सुदले समान १ विकेट लिए ।