काठमान्डु गुर्खाजले दियो चितवनलाई ११२ रनको लक्ष्य - Chaitanya News
  • 2026-07-28
  • 23:49:42
  • मंगलबार,साउन १२, २०८३
  • काठमान्डु गुर्खाजले दियो चितवनलाई ११२ रनको लक्ष्य

    काठमान्डु गुर्खाजले दियो चितवनलाई ११२ रनको लक्ष्य

    काठमाडौं – काठमान्डु गुर्खाजले जारी नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई ११२ रनको लक्ष्य दिएको छ। टस जितेर चितवन राइनोजले काठमान्डुलाई ब्याटिङको निम्तो दिएको थियो।

    खेलमा चितवन राइनोजका सोहेल तनविर सान्दार बलिङ गरे। उनले एनपीएलमा एकै खेलमा ५ विकेट लिने पहिलो बलर पनि बनेका छन्।

    ३९ वर्षे भेट्रान बलर तनविरले आफ्नो चार ओभर कोटामा २१ रन खर्चेर ५ विकेट लिएका छन्। तनविरको धारिलो बलिङमा काठमान्डुका ब्याटरले संघर्ष गर्नुपरेको थियो।

    काठमाडन्डुको कप्तानी करण केसीले सम्हालिरहेका छन् भने चितवन राइनोजलाई कप्तानी कुशल मल्लले सम्हालेका छन्।