काठमाडौं– धनुषा निर्वाचन क्षेत्र नम्बर ४ (ख( मा नेकपा एमालेका हरिनारायण महतो विजयी भएका छन।
नेकपा (एकीकृत समाजवादी) का शत्रुधन महतोलाई पराजित गर्दै प्रदेश सभा सदस्यमा हरिनारायण विजयी भएका हुन। विसं २०६४ देखिका सबै चुनाव जित्दै आएका शत्रुधन यस पटक भने पराजित भएका छन।
हरिनारायणले १७ हजार तीन सय दुई मत प्राप्त गर्दा शत्रुधनले १५ हजार नौ सय छ मत प्राप्त गरे। मतगणनाको सुरुदेखि नै अग्रता बनाएका हरिनारायण एक हजार तीन सय ४२ मतान्तरले विजयी भएका हुन।