यू–१९ एसिया कपमा आज नेपाल र श्रीलंका खेल्दै - Chaitanya News
  • 2026-06-06
  • 23:26:57
  • शनिबार,जेठ २३, २०८३
  • यू–१९ एसिया कपमा आज नेपाल र श्रीलंका खेल्दै

    यू–१९ एसिया कपमा आज नेपाल र श्रीलंका खेल्दै

    काठमाडौं– एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष यू–१९ एसीया कपमा नेपालले आज (शुक्रबार) आफ्नो पहिलो खेल खेल्दै छ । युएईमा हुने एसीसी यू–१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग खेल्दैछ। समूह बी मा रहेको नेपाल र श्रीलंकाबीचको खेल शारजहास्थित शारजहा क्रिकेट स्टेडियममा ९ बजे सुरु हुनेछ।

    आजै समूह बी मा रहेका बंगलादेश र अफगानिस्तानबीच पनि खेल हुनेछ।

    राष्ट्रिय टिमबाट खेलिसकेका पेस बलर हेमन्त धामीको कप्तानीमा रहेको नेपाली टोली बुधबारै युएई पुगिसकेको छ। नेपालको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन्। नेपालले यू–१९ एसिया कपको तयारी स्वरुप घरेलु मैदानमा भारतको कर्नाटक यू–१९ टोलीसँग ५ अभ्यास खेलको सिरिज खेलेको थियो।

    त्यो अभ्यास खेलबाट टिमको बलियो र कमजोर पक्ष थाहा हुने अवसर सँगै टिम कम्पोजिसन बनाउन सहज हुने प्रशिक्षक गौचनले बताएका छन्। पहिलो पटक यू–१९ टिमको प्रशिक्षण सम्हालेका गौचनले राम्रो नतिजा ल्याउने आशा राखेका छन्।

    यू–१९ एसिया कपको समूह बी मा भारत र पाकिस्तानसँगै घरेलु टोली युएई र जापान छन् ।