लेखामान बोर्डको अध्यक्षमा ढुंगेल र लेखापरीक्षणमान बोर्डको अध्यक्षमा निरौला नियुक्त - Chaitanya News
  • 2026-11-17
  • 19:39:44
  • मंगलबार,मंसिर ०२, २०८३
  • लेखामान बोर्डको अध्यक्षमा ढुंगेल र लेखापरीक्षणमान बोर्डको अध्यक्षमा निरौला नियुक्त

    लेखामान बोर्डको अध्यक्षमा ढुंगेल र लेखापरीक्षणमान बोर्डको अध्यक्षमा निरौला नियुक्त

    काठमाडौँ– नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुंगेल र नेपाल लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौला नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई नियुक्त गरेको हो।

    अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्षहरूलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बधाई तथा सफलताको शुभकामना दिए। सो अवसरमा नवनियुक्त अध्यक्षहरूले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने बताएका छन्।