ब्लाइण्ड टी–२० क्रिकेट विश्वकपमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले हरायो - Chaitanya News
  • 2026-06-06
  • 23:26:51
  • शनिबार,जेठ २३, २०८३
  • ब्लाइण्ड टी–२० क्रिकेट विश्वकपमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले हरायो

    ब्लाइण्ड टी–२० क्रिकेट विश्वकपमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले हरायो

    काठमाडौं– पाकिस्तानमा जारी ब्लाइण्ड टी–२० क्रिकेट विश्वकपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले दक्षिण अफ्रिकालाई ११ रनले हराएको हो।

    नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १८७ रन मात्र बनायो। उसका लागि बुले भिडलाले अविजित १०० रन बनाए।

    त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १९८ रन बनाएको थियो। नेपालका लागि नरेशले सर्वाधिक ८० रन बनाएका थिए।

    पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले सोमबार अफगानिस्तानलाई हराएको थियो।

    दक्षिण अफ्रिकाकालाई हराएसँगै नेपालले सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनेको छ।