तपाईंको आजको राशिफल - Chaitanya News
  • 2026-11-18
  • 20:56:33
  • बुधबार,मंसिर ०३, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आज मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । महिला वर्गबाट सहयोग पनि मिल्ने छ ।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
    आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो यात्रा पनि होला ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा हुन सक्नेछ । कलकारखाना र बन्द व्यापारमा पनि राम्रै हुनेछ ।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    परिवारका सदस्यहरू सकारात्मक हुनेछन् । माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ ।

    धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक महत्वको क्षेत्रमा भ्रमण हुनेछ ।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
    आज अरुलाई प्रभावित पारेर काम बन्ने छ । चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    मन खिन्न हुने स्थिति आउने छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । लगानीमा गिरावट आउन सक्छ, तर साँझमा कार्य सम्पादनमा सहजता मिल्ला ।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । कला र गलाको प्रभाव बढ्ने छ । शुभ समाचार पनि सुन्न पाइएला ।

    कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । शेयर बजारमा पनि उतारचढाव आउन सक्छ ।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । अधुरो काम बन्नेछ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइनेछ ।

    मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    आज समय मध्यम खालको रहनेछ । अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु होला, तर रमाइलो यात्राको सम्भावना पनि छ ।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    सामाजिक प्रसिद्धि प्राप्त हुनेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद हुने योग छ । लामो यात्रा सुखद् र सफल हुनेछ । राशिफल जे जस्तो भए पनि तपाईंको दिन मङ्गलमय रहोस् ।