1. कुन ग्रहमा सुर्य पश्चिमबाट उदाएर पूर्वमा अस्ताउँछ ?
A. शुक्र B. शनि C. अरुण D. मंगल
2. द्धितीय विश्वयुद्धको समयमा जापानद्धारा कहिले पर्लहार्वरमा अमेरिकी पानीजहाज माथि बम वर्षा भएको थियो ?
A. १९३९ सेप्टेम्बर ३ B. १९४१ डिसेम्बर ७ C. १९४५ अगष्ट ३ D. १९४५ अगष्ट ५
3. जोडा मिलाउनुहोस् र सहि विकल्प रोज्नुहोस् ।
a. Hurricane i. प्रशान्त महासागरको पश्चिममा
b. Tornado ii. अफ्रिकाको पश्चिमी तट
c. Typhon iii. हिन्द महासागर
d. Cycle iv. आन्ध्र महासागरको पश्चिममा
A) ai, bii, ciii, div B) aiv, biii, cii,di C) aiv, bii, ci, diii D) aiii, bii, civ, di
4. नेपालको वर्तमान संविधान अनुसार सर्वोच्च अदातलमा प्रधान न्यायधिशका अतिरिक्त बढीमा कति जना न्यायाधिश रहने व्यवस्था छ ?
a. १४ जना B. १५ जना C. १८ D. २० जना
5. कमाण्डरी किताबखाना भन्नाले तत्कालीन समयमा कुन अड्डालाई बुझाउँदथ्यो ?
A. मुद्याको पुनरावेदन सुन्ने अड्डा B. आम्दानीको खर्चको हिसाब राख्ने अड्डा
C. कर्मचारीको दैनिक हाजिरी राख्ने अड्डा D. कर्मचारीको विवरण राख्ने अड्डा
6. निम्नलिखित कथनहरु बारे विचार गर्नुहोस् ।
१) आल्पस पर्वत यूरोपमा अवस्थित छ ।
२) रकी पर्वत उत्तर अमेरिकामा पर्दछ ।
३) अमेजन नदी अफ्रिकामा पर्दछ ।
उपयुक्त कथनहरु मध्ये सही कुन हो ?
A. १ र २ सहि B. २ र ३ सहि C. १ र ३ सहि D. सबै सहि
7. पोखरालाई पर्यटकीय राजधानी घोषणा कहिले गरियो ?
A. वि.सं. २०८० चैत्र ४ B. वि.सं. २०८० चैत्र ५ C. वि.सं. २०८० चैत्र ६ D. वि.सं. २०८० चैत्र ७
8. पद्म श्री साहित्य पुरस्कार, २०८० कसलाई प्रदान गरियो ?
A. मुन पौडेल B. डा. सन्दुक रुइत C. डा. देवी प्रसाद D. नवराज के.सी
9. अंशुवर्माका सम्बन्धमा तलका कथनहरु विचार गर्नुहोस् ।
१) लिच्छवी कुलकेतु भन्ने उपाधि धारण गरेका थिए ।
२) शिवदेव प्रथमको मुत्यु पश्चाप अंशुवर्मा राजा भएका थिए ।
३) उनले तन्त्र विद्या नामक ग्रन्थको रचना गरेका थिए ।
४) उनको शासनकालालाई लिच्छवीकालको स्वर्ण युग पनि भनिन्छ ।
A. १ र २ मात्र सहि B. २ र ३ मात्र सहि C. सबै सहि D. २ र ४ मात्र सहि
10. समयक्रमका आधारमा सुरुदेखि अन्तिम मिलाउँदा निम्न मध्ये कुन क्रम ठीक छ ?
A. उदारवादी युग, गान्धी युग, उग्रवादी युग B. गान्धी युग, उग्रवादी युग, उदारवादी युग
C. उग्रवादी युग, उदारवादी युग, गान्धी युग D. उदारवादी युग, उग्रवादी युग, गान्धी युग
11. जोडा मिलान गरि कोडबाट सही उत्तर पहिचान गर्नुहोस् ।
घटना प्रधानमन्त्री
a. पहिलो मुलुकी ऐन लागु 1. भिमसेन थापा
b. सुगौली सन्धि 2. वीरशमशेर
c. गोरखापत्र प्रकाशन 3. जंग बहादुर
d. मकै पर्व 4. चन्द्र शमशेर
5. देवशमशेर
A) a3,b1,c2,d4 B) a3,b1,c5,d2 C) a3,b1,c5,d4 D) a3,b2,c4,d5
12. गण्डक सम्झौता कहिले भएको थियो ?
a. २०११ मंसिर १९ b. २०१६ मंसिर १७ c. २०११ मंसिर १७ D. २०१६ मंसिर १९
13. पशुपतिमा सुनको छाना चढाउने राजा को हुन ?
A. भाष्कर वर्मा B. शिवदेव C. जयसिंह देव D. सुषुस्प
14. क्लोनिङ प्रविधिबाट जन्माइएको भेडाको नाम के हो ?
A. विली B. डली C. सिली D. इली
15. निम्न कथनहरु विचार गर्नुहोस् ।
१) एसियाली विकास बैंक (ADB) को प्रधान कार्यालय फिलिपिन्सको मनिलामा रहेको छ ।
२) नेपाल एसियाली विकास बैंकको संस्थापक सदस्य राष्ट्र होईन ।
३) नेपालमा संञ्चालित कालिगण्डकी विद्युत आयोजना एसियाली विकास बैंकको सहयोगमा संचालित भएको हो ।
A.सबै सहि B. १ र २ सहि ३ गलत C. १ र ३ सहि २ गलत D. सबै गलत
16. संयुक्त राष्ट्रसंघका विशिष्टिकृत संस्थाहरु मध्ये सबैभन्दा पछि स्थापना भएको संस्था कुन हो ?
A. विश्व हुलाक संघ B. विश्व बौद्धिक सम्पति संगठन
C. अन्तर्राष्ट्रिय कृषि विकास D. बहुराष्ट्रिय लगानी प्रत्याभुती संस्था
17. आ.व. २०८०/८१ को बजेटले बाल मुत्युदर (प्रतिहजार) आ.व. अन्त्यमा कति प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ?
A) 20 % B) 31 % C) 50 % D) 40 %
18.” The Wizard Menlo park ” नामले चिनिने वैज्ञानिक निम्न मध्ये को हुन ?
A. आर्किमिडिज B. थोमस अल्बा एडिसन C. चाल्र्स डार्बिन D. म्याडम क्युरी
19. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
सिद्धान्त आविष्कारक
a. विद्युत चुम्बकीय प्रभाव 1. हेनरी बेसेमर
b. वनस्पति अनुसन्धान 2. माईकल फराडे
c. हाइपोथिसिस 3. एवोग्रेडो
d. स्टील मेल्टिङ प्रोसेस 4. जगदीशचन्द्र बोश
A) a2,b1,c4,d3 B) a2,b1,c3,d4 C) a4,b3,c1,d2 D) a2,b4,c3,d1
20. हेटौडा कपडा कारखाना कुन देशको सहयोगमा निर्माण भएको हो ?
a. भारत B. चीन C. जापान D. रुस
उत्तरहरुः
1. C 11. C
2. B 12. D
3. C 13. B
4. D 14. B
5. D 15. B
6. A 16. C
7. A 17. B
8. C 18. B
9. D 19. D
10. D 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamul, Kathmandu
Contact No. 01-4792427, 9851246100, 985114610
Post Views: 604