धरहराको काखमा सार्वजनिक गरियो एनपीएल ट्रफी - Chaitanya News
  • 2026-07-28
  • 23:49:42
  • मंगलबार,साउन १२, २०८३
  • धरहराको काखमा सार्वजनिक गरियो एनपीएल ट्रफी

    धरहराको काखमा सार्वजनिक गरियो एनपीएल ट्रफी

    काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले आज बिहान धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन्।

    ट्रफी अनावरण गर्दै प्रधानमन्त्री ओलीले आजको दिन नेपाल खेलकुदका लागि महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे। ऐतिहासिक धरोहरका रूपमा रहेको धरहराको काखमा एनपीएलको ट्रफी अनावरण गरिनु अर्थपूर्ण रहेको पनि प्रधानमन्त्री ओलीले बताए।