नेपाल प्रहरीका ८ जना डिआइजीमा बढुवा गर्न सिफारिस,(नामावलीसहित) - Chaitanya News
  • 2026-11-17
  • 20:22:47
  • मंगलबार,मंसिर ०२, २०८३
  • नेपाल प्रहरीका ८ जना डिआइजीमा बढुवा गर्न सिफारिस,(नामावलीसहित)

    नेपाल प्रहरीका ८ जना डिआइजीमा बढुवा गर्न सिफारिस,(नामावलीसहित)

    काठमाडौँ– नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)हरू प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस भएका छन्।

    बढुवा सिफारिस समितिको आइतबार बसेको बैठकले नेपाल प्रहरीको जनपद प्रहरी तर्फका ८ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।

    डिआइजी बढुवामा सिफारिस हुने एसएसपीहरूमा ध्रुवराज राउत, भोलाबहादुर राउत, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक छन्।

    अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेसँगै उनीहरूको बढुवा हुनेछ।