उच्च अदालतका दुई र जिल्ला अदालतका ११ न्यायाधीशको सरुवा, को– कहाँ ? (हेर्नूहोस् सूची) - Chaitanya News
  • 2026-11-17
  • 20:44:55
  • मंगलबार,मंसिर ०२, २०८३
  • उच्च अदालतका दुई र जिल्ला अदालतका ११ न्यायाधीशको सरुवा, को– कहाँ ? (हेर्नूहोस् सूची)

    उच्च अदालतका दुई र जिल्ला अदालतका ११ न्यायाधीशको सरुवा, को– कहाँ ? (हेर्नूहोस् सूची)

    काठमाडौँ– न्याय परिषद् बैठकले उच्च अदालतका दुई र जिल्ला अदालतका ११ न्यायाधीशको सरुवा गरेको छ। आज (बिहीबार) बिहान बसेको परिषद्को बैठकले १३ जना न्यायाधीशहरुको सरुवा गरेको हो।

    बैठकले उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेललाई उच्च अदालत विराटनगर र उच्च अदालत तुलसीपुरका न्यायाधीश रेखा थापा पाण्डेलाई विराटनगर सरुवा गर्ने निर्णय गरेको छ । बैठकले जिल्ला अदालतका ११ जना न्यायाधीशहरुको पनि सरुवा गरेको छ।