मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बोलीमा प्रभावकारी बढ्ने देखिन्छ । सोचेको काम पूरा हुनेछ । व्यापार व्यवसायमा लाभ हुनेछ । विलासिताका सामानहरूमा मन जानेछ । साझेदारी काममा लाभ हुनेछ । शेयर कारोबारमा हानी हुनेछ । दाम्पत्य जीवन तथा प्रेममा सफलता हुनेछ । धार्मिक कार्यमा मन लाग्नुका साथै धार्मिक यात्रा हुनेछ । सोचेका कार्य सफलता हुनेछ ।
वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
सरकार पक्षबाट मानसम्मान मिल्नेछ । हरेका किसिमका प्रतियोगितामा सफलता मिल्नेछ । आर्थिक हिसाबले कार्तिक महिना सामान्य रहनेछ । घर जग्गाका कार्यमा लाभ हुने देखिन्छ । रोजगार मिल्नेछ । दाम्पत्य जीवनका साथै प्रेममा सफलता हुनेछ । महिनाको अन्त्यतिर स्वास्थ्यमा समस्या बढ्नेछ । आर्थिक हिसाबले खर्च बढ्ने देखिन्छ ।
मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
कार्यक्षेत्र र व्यापारमा उन्नति हुन सक्छ । आर्थिक हिसाबले आम्दानीमा वृद्धि हुनेछ । सरकारी कार्यबाट लाभ हुने । अचानक धनलाभ हुने देखिन्छ । घर घडेरी जग्गा जमिनका साथै शेयर कारोबारबाट लाभ हुने देखिन्छ । धार्मिक कार्यमा मन लाग्नेछ । मानसिक तनाव बढ्ने योग छ । पेट, छाती, मुटुको समस्याले अलिक बढी सताउने देखिन्छ । अध्ययनमा सफलता प्राप्त हुनेछ । घरायसी सुखमा अनावश्यक दौडधुप गर्नु पर्ने देखिन्छ । आर्थिक हिसाबले त्यति शुभ रहेको छैन । सन्तान सुखको पिडाले सताउने छ ।
कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
व्यापार व्यवसायमा लाभ हुनेछ । अध्ययनमा लाभ हुनुका साथै अध्ययन कार्यमा मन लाग्नेछ । आर्थिक हिसाबले कार्तिक महिना लाभदायक हुनेछ । सरकारी कार्यमा लाभहुनेछ । घर जग्गाको कार्य गर्दा लाभ नै रहनेछ । प्रेम तथा दाम्पत्य जीवनमा सुखमय हुनेछ । मानसिक चिन्ता बढ्नुका साथै मौसमी रोगले सताउने छ । आफन्त तथा विश्वास गरेका मित्रजनबाट धोखा मिल्नेछ ।
सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिले पुरा हुन नसकेका कार्यहरू सफलता मिल्नेछ । सोचेका र मनमा लिएका उद्देश्यहरू पुरा हुनेछन् । आकस्मिक धनलाभ हुनेछ । परोपकार कार्यमा मन लाग्नेछ । मित्र तथा बन्धुबान्धब, कुलकुटुम्ब, दाजुभाइबाट लाभ हुनेछ । सामाजिक कार्यमा मन लाग्नेछ । आफूले गरिरहेको कार्य क्षेत्रमा लाभ हुनुका साथै मान पद प्रतिष्ठा मिल्नुका साथै उन्नति हुनेछ । दाम्पत्य जीवनका साथै प्रेममा सफलता मिल्नेछ । दाजुभाइ इष्टमित्रका साथै विश्वासिला आफन्तजनबाट धोखा मिल्नेछ । स्वास्थ्यमा कमजोर हुनेछ ।
कन्या– टो, प, पि, पु, ष, ण, ठ, पे, पो
गरिरहेको कार्यमा लाभ हुनेछ । विद्यार्थी वर्गका लागि अध्ययनमा सफलता मिल्नुका साथै अध्ययनका लागि विदेश जानेहरूका लागि उत्तम समय रहनेछ । आर्थिक हिसाबले कार्तिक महिना शुभ हनेछ । सरकारी कामका साथै सरकारी पद, मान, प्रतिष्ठा मिल्नेछ । शिक्षामा लाभ हुनेछ । पारिवारिक सुख मिल्नेछ । पारिवारिक सुख मिल्नुका साथै पारिवारिक साथ सहयोगले अगाडि बढ्ने देखिन्छ ।
तुला– र, रि, रु, रे, रो, ता, ति, तु, ते
पेशा तथा रोजगारका साथै सामाजिक क्षेत्रका कार्यमा लाभ मिल्नेछ । रोजगारीका अवसरहरू मिल्नेछन् । सरकारी क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी मिल्नेछ । सरकारी कार्यमा लाभका साथै सम्मान प्राप्त हुनेछ । सामाजिक तथा बौद्धिक कार्यमा मन लाग्नुका साथै बौद्धिक वृद्धि हुनेछ । रोजगारीमा लागेका व्यक्तिका लागि पद वृद्धि हुनेछ । मित्रजनका साथै घरपरिवार इष्टमित्रबाट लाभ मिल्नेछ । आर्थिक पक्षमा लाभ हुनेछ । धन सम्पत्तिबाट लाभ हुनेछ । सामाजिक कार्यमा लाभ हुनुका साथै सामाजिक कार्यमा मन लाग्नेछ । खर्चमा सामान्यतया वृद्धि हुनुका साथै मनले सोचेको कार्य सफलता हात पार्नेछ।
वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
विदेश जान चाहनेहरुको काम पुरा हुन सक्छ भने विदेशमा रहने व्यक्तिहरुले केहि सफलता वा प्रगति गर्ने सामान्य सम्भावना रहन्छ। आर्थिक पक्षमा बढी खर्च हुनेछ । मित्रजनको साथ सहयोगबाट लाभ मिल्नेछ । मनले सोचेको कार्यमा सफलता मिल्नेछ । आरम्भ गरेको काम पुरा हुनेछ । खराब व्यक्तिको संगतको कारण आर्थिक हानी हुन सक्नेछ । खानपिनमा खर्च बढ्नेछ । दाम्पत्य जीवनका साथै प्रेममा अवरोध मिल्नेछ ।
धनु– ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
राज्य पक्षबाट लाभ हुनेछ । सरकारी जागिर खाएकाहरूका लागि मान सम्मान र पद वृद्धि हुनेछ । सोचेका काममा सफलता प्राप्त हुनेछ । घर जग्गा, शेयर कारोबारबाट लाभ हुनेछ । रोजगारको अवसर प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ । मित्रजनको साथ सहयोगबाट धन लाभ हुनेछ । प्रेम तथा दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी कामबाट लाभ हुनेछ । चोटपटक तथा मौसमी रोगले सताउने देखिन्छ ।
मकर– भो, ज, जि, खि, खु, खे, खो, गा, गि
धार्मिक कार्यमा मन लाग्नुका साथै धार्मिक यात्राको अवसर मिल्नेछ । प्रारम्भ गरेको कार्यमा सफलता प्राप्त हुनेछ । सरकारी जागिरबाट मान सम्मान प्रगति उन्नति र सम्मान मिल्नेछ । राज्य पक्षबाट सम्मान मिल्नेछ । पारिवारिक लाभ हुनेछ । स्वास्थ्यमा सुधार मिल्नुका साथै राजनीतिकमा लाभ मिल्नेछ । विद्यार्थी वर्गका लागि विदेश अध्ययनमा जानका निम्ति उपयुक्त रहनेछ । अध्ययनमा मन लाग्नेछ । प्रेममा तथा दाम्पत्य जीवनमा सुखमय हुनुका साथै सम्बन्धमा सुधार आउनेछ ।
कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, द
शरीरमा उत्साह र ऊर्जा रहनेछ भने मानसम्मान र प्रतिष्ठामा वृद्धि हुन सक्छ। भाग्यले राम्रो साथ दिन सक्छ । कार्यक्षेत्र र व्यापारको क्षेत्रमा पनि सकारात्मक समय हुनेछ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा रुचि हुनेछ। अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्धामा सफल हुन सकिन्छ। विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धन आर्जनका दृष्टिले राम्रै समय छ । पिताको स्वास्थ्यमा समस्या आउन सक्छ ।दैनिक खर्चमा वृद्धि हुन सक्छ।
मीन– दि, दु, थ, झ, ञ, दे, दो, च, चि
दुर्घटना हुने सम्भावना भएकाले सवारी चलाउँदा, हिड्दा विचार पुर्याउनुपर्छ । काममा विघ्नबाधा वा ढिलासुस्ती हुन सक्छ भने कुनै परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने अझ बढी मिहिनेत गर्ने समय हो । व्यक्तिगत र पारिवारिक स्वास्थ्यप्रति पनि सचेत हुनु आवश्यक छ । शत्रुहरुले तपाईंका क्रियाकलापमा बाधा उत्पन्न गर्न सक्छन्। यस अवधिमा बोलीमा सचेतता अपनाउनु र विवादबाट जोगिने प्रयास गर्नु उत्तम हुनेछ । स्वास्थ्यस्थितिप्रति समेत सचेत भएर खानपान र आहारविहारको अनुशासन पालना गर्नु उत्तम हुनेछ । खर्च बढ्न सक्ने भएकाले खर्चमा नियन्त्रण गर्नुपर्छ।