विश्वकप फुटबल २०२२: पोर्चुगल नकआउट चरणमा प्रवेश - Chaitanya News
  • 2026-04-23
  • 03:43:26
  • बुधबार,बैशाख ०९, २०८३
  • विश्वकप फुटबल २०२२: पोर्चुगल नकआउट चरणमा प्रवेश

    विश्वकप फुटबल २०२२: पोर्चुगल नकआउट चरणमा प्रवेश

    पोर्चुगलले फिफा विश्वकप फुटबल २०२२ को अन्तिम १६ मा स्थान बनाएको छ।

    लुसाईल स्टेडियममा गएराति भएको खेलमा उरुग्वेलाई २-० गोल अन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो।

    पोर्चुगललाई जित दिलाउन दुबै गोल ब्रुनो फर्नान्डेसले गरे। खेलको ५४ औं मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए।

    त्यसपछि खेलको इन्जुरी समयमा ब्रुनोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-० को जित दिलाए। यस जितसँगै पोर्चुगलले समूह (एच) बाट नकआउट चरणमा स्थान पक्का गरेको हो।

    पोर्चुगलले २ खेलमा ६ अंक जोडेको छ। पोर्चुगल शीर्ष स्थानमा रहेको छ। उरुग्वे १ अंक जोडेर पुछारमा रहेको छ।