पूर्व सभामुख ढुङ्गानालाई राष्ट्रिय सम्मान दिइने, आज सार्वजनिक बिदा - Chaitanya News
  • 2026-11-17
  • 20:51:51
  • मंगलबार,मंसिर ०२, २०८३
  • पूर्व सभामुख ढुङ्गानालाई राष्ट्रिय सम्मान दिइने, आज सार्वजनिक बिदा

    पूर्व सभामुख ढुङ्गानालाई राष्ट्रिय सम्मान दिइने, आज सार्वजनिक बिदा

    काठमाडौँ– पूर्व सभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले बताए।

    ढुंगानाको निधनको शोकमा आज स्वदेश र विदेशस्थित सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।

    आज पशुपति आर्यघाटमा अन्त्येष्टि अघि सानो गौचरणमा बिहान साढे ११ बजे हुने श्रद्धाञ्जली सभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदै छन्।