तपाईंको आजको राशिफल - Chaitanya News
  • 2026-11-18
  • 23:01:26
  • बुधबार,मंसिर ०३, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो,
    पूर्वार्धमा लगाएको अन्न बालीबाट आम्दानी हुनेछ। तपाईंको सुन्दरताले अरूको मन लोभ्याउने छ। नयाँ कामको जिम्मेबारीले मन फुरुङ्ङ हुने छ। आर्थिक लाभ सामान्य रहने छ।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    मनमा नकारात्मक विचार आउनाले केही झन्झट व्येहोर्नु पर्ने तथा धनराशि समेत खर्च हुने देखिन्छ। तर वैदेशिक काम र यात्रामा भने सफलता हात पर्ने छ। नसोचेको ठाउँबाट धन लाभ हुनाले मन प्रसन्न हुने छ। कृषिबाट पनि लाभ प्राप्त गर्न सकिनेछ।

    मिथुन–  क, कि, कु, घ, ङ, छ, के, को, ह
    पूर्वार्धमा आयका नयाँ नयाँ स्रोतहरू फेला पर्ने छन्। आम्दानी पनि राम्रो हुने छ। सामान हराउने योग परेकाले सुरक्षामा विशेष ध्यान दिनु होला। स्वास्थ्यमा समस्या देखिएका कारण खर्च बढ्ने छ। काम गर्ने जोस जाँगर बढ्ने छ। कार्यक्षेत्रमा तपाईंको विशेष चर्चा चल्ने छ।

    कर्कट– ह, हु, हे, हो, डा, डि, डु, डे, डो
    कार्यक्षेत्रमा प्रशंसा पाइनुको साथै शुभ समाचार समेत सुन्नाले मन प्रसन्न हुनेछ। आफूमा लुकेको कला देखाउने अवसर मिल्ने छ। नसोचेको स्रोतबाट नगद रकम प्राप्त हुने देखिन्छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। परिवारको स्वास्थ्यमा समस्या देखिएका कारण खर्च बढ्ने छ। वैदेशिक कामबाट भने केही लाभ हुने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    मान सम्मान सहितको यात्रा हुने देखिन्छ। सरकारी काम भने सोचे अनुसार नहुनु सक्छ। साथीहरूसँगको रमाइलो भेटघाट र खान पिनले मन हर्षित हुने छ। स्वास्थ्यमा समस्या देखिन सक्छ सचेत रहनुहोला। आयमा बढोत्तरी भए पनि खर्च मनग्य हुनेछ। शैक्षिक प्रगति राम्रो देखिन्छ। विदेशमा रहेका साथी तथा आफन्तको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ।

    कन्या – टो, प, पी, पू, ष, ण, ठ, पे, पो
    विचारणीय रहेको छ। आलस्यताले जरा गाड्ने छ। अस्वस्थताका कारण काममा समेत बाधा पर्न सक्छ।सरकारी काममा समस्या खेप्नु परे पनि कामको कदर हुनेछ। सामाजिक र नयाँ कामबाट सफलता हात पर्ने छ। मन मिल्ने साथीसँगको स्मरणीय यात्राले खुसी मिल्ने छ। सेयर बजारबाट केही फाइदा हुने देखिन्छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। आफ्नै वाणीको प्रभावले सोचे आँटेको काम बन्ने छ।

    तुला– रा, री, रू, रे, रो, ता, ती, तु, ते
    धन आगमनले मानसिक सुख शान्ति मिल्ने छ। जीवन साथी वा पर्टनरसँगको सुमधुर साथले दिन प्रेमिल बन्ने छ। शरीरमा पिडाको महसुस हुनेछ। खानपान र यात्रामा विशेष ख्याल गर्नु होला। । सरकारी क्षेत्रमा केही अप्ठ्यारो सामना गर्नु परे पनि धार्मिक तथा सामाजिक क्षेत्रमा मान सम्मान पाइने छ। विशिष्ट व्यक्तिको आशीर्वाद प्राप्त हुने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। मनोवल उच्च राखेर काम गर्दा सोचे आँटेको काम बन्ने छ।

    वृश्चिक– तो, ना, नि, नू, ने, नो, या, यि, यू
    आर्थिक कारोबार फस्टाएर गए पनि आम्दानी र खर्च बराबरी नै हुनेछ। शत्रु पक्ष सक्रिय हुने समय छ, सचेत रहनुहोला। मिल्ने साथी सँगको रमाइलो भेटघाटले मनमा खुसी र उमंग बढ्नेछ। कुनै साझेदारी काम गरिरहनु भएको छ भने कामले गति लिने देखिन्छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। केहि शारीरिक समस्याले सताउने सम्भावना भएकोले खानपान र यात्रामा सजग रहनुहोला। शैक्षिक प्रगति मध्यम देखिन्छ।

    धनु– ये, यो, भा, भी, भू, ध, फा, ढ, भे
    सन्तानका बाटाबाट शुभ समाचारहरू प्राप्त गर्न पाइनेछ तर आफ्नो कार्यमा केही बाधा अड्कन बेहोर्नु पर्ने छ। ।दैनिक कामकाज सामान्य हुनेछ भने आयका नयाँ स्रोतहरू फेला पर्ने छन्। तपाईंका लागि अस्वस्थताका कारण अलि कस्टकर रहनेछ। अनावस्यक ठाँउमा पैसा खर्च हुने समेत देखिन्छ। शैक्षिक प्रगति राम्रो साथै गहिरो अध्ययन अनुसन्धानमा मन लाग्ने देखिन्छ। श्रीमान्– श्रीमती र पार्टनरको सहयोगले सोचे आँटेको काम बन्ने छ।

    मकर– भो, जा, जी, जू, जे, जो, ख, खि, खु, खे, खो, गा, गी
    पूर्वार्धमा गरेको कामबाट मान सम्मान प्राप्त हुनेछ। कामको धमाधमले स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला। आर्थिक कारोबार फस्टाउने छ। संगित साधनामा मनमा लाग्ने छ। पारीवारिक सत्भाव बढ्ने छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। नसोचेको ठाउँबाट धन प्राप्त हुने छ भने मन मिल्ने साथीको साथले दिन रमाइलो बन्नेछ। शैक्षिक प्रगति राम्रो देखिन्छ। मावलीको साथ सहयोगले सोचे आँटेको काम बन्ने छ।

    कुम्भ– गु, गे, गो, सा, सी, सु, से, सो, द
    मुहारमा कान्ति छाउनुको साथै काम गर्ने जोस र जाँगर बढ्ने छ। आर्थिक पक्ष सबल देखिन्छ। ठूला व्यक्तिको प्रशंसाले मन हर्षित हुनेछ। स्वास्थ्यमा भने सामान्य समस्या देखिनेछ सचेत रहनुहोला। राजनितिक क्षेत्रमा सफलता प्राप्त हुने छ। दैनिक कामकाजमा सामान्य उतार चडावको सामना गर्नु परे पनि रमणीय यात्राको अवसरले अन्ततः खुसी प्राप्त हुनेछ। शैक्षिक प्रगति राम्रो देखिन्छ। आमाको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ।

    मीन– दी, दू, थ, झ, ञ, दे, दो, च, ची
    काम गर्ने जोस र जाँगर बढ्ने छ। तपाईंको मिठास बोलीको प्रशंसाले मन प्रसन्न हुने छ। आर्थिक लाभ प्राप्त हुने छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। कुनै काम शुरू गरेर अड्किएको छ भने कामले गति लिने छ। स्वास्थ्यमा सामान्य समस्या देखिए पनि विद्वान् व्यक्तिको संगतले मन प्रफुल्लित हुनेछ। शैक्षिक प्रगति उत्तम देखिन्छ। सन्तान वा भाइ बहिनिको साथ, सहयोग र सल्लाहले सोचे आँटेको काम बन्ने छ।