कसरी बनिरहेछ नुन क्यान्सरको कारण ? - Chaitanya News
  • 2026-05-04
  • 02:23:29
  • आइतबार,बैशाख २०, २०८३
  • कसरी बनिरहेछ नुन क्यान्सरको कारण ?

    कसरी बनिरहेछ नुन क्यान्सरको कारण ?

    काठमाडौँ– नुनका कारण क्यान्सर भएको खबर पढेपछि हरेक दिन सेवन गरिरहने नुन यत्तिको खतरनाक साबित हुन सक्छ भन्ने सोचिरहनु भएको होला। हुन् पनि हो नुन हाम्रो स्वास्थ्यका लागि निकै महत्त्वपूर्ण तत्त्व हो। तर, यो चेतावनी ती व्यक्तिका लागि हो जसले अत्यधिक नुन सेवन गरिरहेका छन्। तपाईँमा पनि धेरै नुन खाने लत छ भने सावधानी अपनाउन जरुरी छ।

    के भन्छ विश्व क्यान्सर अनुसन्धान कोष ?
    नुनका कारण क्यान्सर हुन्छ भनेर पहिलो पटक जानकारी विश्व क्यान्सर अनुसन्धान कोष ९डब्ल्यूसीआरएफ०ले दिएको थियो। धेरै नुन खाँदा पेटको क्यान्सर हुने सम्भावना ४० प्रतिशतले बढ्ने कोषले बताएको थियो। सन् २०१९ मा द ल्यान्सेटमा प्रकाशित एउटा अनुसन्धान प्रतिवेदनमा अत्याधिक नुनको सेवनले पेटको क्यान्सर हुने खतरा रहेको उल्लेख गरिएको थियो। अनुसन्धानबाटै यो कुरा बाहिर आएकोले सावधान रहनु आवश्यक त छ।

    दिनहुँ ८ दशमलव ६ ग्राम नुन खाइरहेका छन् मानिस:
    डब्ल्यूसीआरएफका अनुसार मानिसहरूले प्रति दिन ८ दशमलव ६ ग्राम नुन खाइरहेका छन्। यो हिसाबले हेर्दा मानिसहरूले आवश्यकता भन्दा अधिक नुन खाइरहेका छन्। पछिल्लो समय विश्वभर पेटको क्यान्सरका बिरामी बढेका छन्। यही कारणले बढेको हो त भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। सीमित मात्रामा नुन सेवन गरेर क्यान्सरको बिरामीको सङ्ख्या १४ प्रतिशतसम्म कम गर्न सकिने डब्ल्यूसीआरएफको भनाइ छ।

    हरेक दिन कति नुन खानु पर्छ ?
    यस्तोमा प्रश्न उठ्छ कि हामीले दैनिक कति मात्रामा नुन खानुपर्छ ? खानामा दैनिक ६ ग्राम नुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। यदि तपाईँले आफ्नो दिनभरको खानामा यही मात्रामा नुन खानु भयो भने पेटको क्यान्सरको जोखिम धेरै हदसम्म कम हुन्छ।

    खानामा नुन कम सेवन गर्न अपनाउनुहोस् यस्ता बानी:

    खानामा नुनको कम भन्दा कम प्रयोग गर्ने ।
    पाकिसकेको तरकारीमा पछि नुन थपेर नखाने ।
    फास्टफुड आदिमा नुन बढी हुन्छ, त्यसैले यस्ता खानेकुरा कम खाने वा बन्दै गर्ने ।
    सोडियमयुक्त खानेकुरा कम खाने ।
    नुनमै भुटिने वा तयार पारिने खानेकुरा कम खाने ।
    काँचो सागसब्जी ((सलाद), फलफूल आदिको बढी सेवन गर्ने । एजेन्सी

    अस्वीकरण: यस लेखमा दिइएको जानकारीको उद्देश्य रोग र स्वास्थ्य सम्बन्धी समस्याहरूबारे जागरूकता ल्याउने मात्रै हो । यो चिकित्सा रायको विकल्प होइन । यसलाई प्रयोग गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नुहोला ।