सुन मूल्य तोलामा तीन सय रुपैयाँले घट्यो,चाँदी कति? - Chaitanya News
  • 2026-06-15
  • 06:38:44
  • सोमबार,आषाढ ०१, २०८३
  • सुन मूल्य तोलामा तीन सय रुपैयाँले घट्यो,चाँदी कति?

    सुन मूल्य तोलामा तीन सय रुपैयाँले घट्यो,चाँदी कति?

    काठमाडौं– नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। आज सुन तोलामा तीन सय रुपैयाँले घटेको हो।

    जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य तोलामा ९७ हजार रुपैयाँ कायम भएको छ।

    यस्तै आज चाँदीको मूल्य समेत घटेको छ। महासङ्घका अनुसार चाँदी १० रुपैयाँ प्रतितोलाले घटेर एक हजार २८५ रुपैयाँ कायम भएको छ।