कुवेतविरुद्ध नेपालको सानदार जित - Chaitanya News
  • 2026-06-06
  • 23:49:29
  • शनिबार,जेठ २३, २०८३
  • कुवेतविरुद्ध नेपालको सानदार जित

    कुवेतविरुद्ध नेपालको सानदार जित

    काठमाडौं– आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको छ।

    कप्तान पूजा महतोको सानदार अलराउण्ड प्रदर्शनमा नेपालले पराकिलो जित हात पारेको हो। २१४ रनको विशाल लक्ष्य पछ्याएको कुवेतलाई नेपालले ४८ रनमै रनमा अलआउट गर्‍यो।

    कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालकी कप्तान महतोले ४ ओभरमा एक मेडन राख्दै ८ रन दिएर ५ विकेट लिइन्। नेपालकी रचना कुमारी र सीमाना केसीले दुई–दुई विकेट लिए।

    कुवेतकी जीफा जिलानीले ३६ रन बनाउनबाहेक अरु कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन्।