विश्वकै प्रदूषित सहरको शीर्ष १० मा काठमाडौँ - Chaitanya News
  • 2026-07-17
  • 08:11:29
  • शुक्रबार,साउन ०१, २०८३
  • विश्वकै प्रदूषित सहरको शीर्ष १० मा काठमाडौँ

    विश्वकै प्रदूषित सहरको शीर्ष १० मा काठमाडौँ

    काठमाडौँ– काठमाडौँ विश्वकै प्रदूषित सहरको शीर्ष १० स्थानमा रहेको छ । आज (मंगलबार) बिहान राजधानी काठमाडौँको हावाको गुणस्तर ‘अस्वस्थ’ रहेको छ। आईक्यू एयरका अनुसार बिहान १० बजे काठमाडौँको एक्यूआई १ सय ५१ रहेको छ।

    आईक्यू एयरको तथ्याङ्कमा पाकिस्तानको लाहोर विश्वकै सबैभन्दा प्रदूषित सहरको रूपमा रहेको छ। त्यहाँ एक्यूआई ७७३ रहेको छ। जुन निकै खतरनाक मानिन्छ। दोस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्ली रहेको छ। त्यहाँ एक्यूआई ३११ रहेको छ।