मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश, जाँगर र उमङ्ग बढ्ने छ । शुभकार्यको चर्चा चल्ने छ । वैदेशिक कार्य पनि अघि बढ्ने छ ।
मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
आज अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । आफ्नो बुद्धिले काम नगर्न सक्छ, अतः सचेत रहनु होला ।
सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज नयाँ कार्य वा रोजगारको अवसर मिल्ने छ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा वृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।
तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज अचानक विविध समस्या देखा पर्न सक्छन् । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु पनि उपलब्धीमूलक हुँदैन ।
धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
विपरित वर्गबाट विशेष सहयोग मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । वैदेशिक कार्य पनि राम्रो हुन्छ ।
कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
आय–व्यय, सुख–दुःख बराबरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्ने छ । ज्ञानमा वृद्धि पनि हुनेछ ।
वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्ने छ । आकस्मिक यात्राको अवसर आउन सक्छ, यात्राबाट लाभ पनि मिल्ने छ ।
कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कुनै समाचारले मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्ने छ । प्रेमीको सहयोग पाइनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।
कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । बन्धु बान्धवबाट सहयोग पाइनेछ । सेयरबजारमा रुचि पनि बढ्ने छ ।
वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज सेयर बजार र बन्दव्यापारमा फाइदा हुनेछ । प्रसिद्धि र सम्मानमा वृद्धि हुनेछ । विद्वान्हरूको साथमा घुलमिल हुने मौका आउने छ ।
मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
धार्मिक कार्यमा रुचि बढ्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्ने छ ।
मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म, कर्ममा मन लाग्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।