तपाईंको आजको राशिफल - Chaitanya News
  • 2026-11-17
  • 21:34:59
  • मंगलबार,मंसिर ०२, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
    लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । प्राविधिक विषयमा रूचि जाग्नेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आज आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइएला । नयाँ वस्त्र र अलङ्कार पनि प्राप्ति हुनेछ ।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    पारिवारिक सदस्यबाट सहयोग मिल्ने छ । विपरीत वर्ग प्रति आकर्षण रहला। साहित्यिक क्षेत्रमा रूचि बढ्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

    धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो यात्राको योग रहेको छ । समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् ।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
    आज नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । प्राविधिक क्षेत्रमा रूचि बढ्ने छ । सामाजिक कार्यमा रुचि रहनेछ । कार्य सम्पादनमा सहजता मिल्ने छ ।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ । प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्न सक्छ । बोलीमा पनि अङ्कुश लगाएकै बेस हुनेछ ।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    काम गर्ने हौसला मिल्नेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । अरूलाई प्रभावित पारेर काम बन्ने छ ।

    कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    आफन्त तथा साथीभाइबाट टाढिनु पर्दा मन खिन्न हुनेछ । आलोचना गर्नेहरूबाट सजग रहनुहोला । अध्ययनमा मन नजाँदा अरुभन्दा पछि परिने छ ।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद नै रहने छ ।

    मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    स्वास्थ्यको ख्याल गर्नुहोला औषधी उपचार खर्च बढ्ने छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । विलासिताका सामग्रीमा खर्च पनि बढ्ने छ ।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    आज मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सुख सुविधा भोग गर्न पाइनेछ र मन प्रसन्न रहनेछ ।