काठमाडौँ– लोक सेवा आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको विभिन्न तह तथा पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ।
केन्द्रीय आयोगले बिहिबार एक सूचना जारी गरी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको विभिन्न तह तथा पदको परीक्षाको नतिजा प्रकाशन गरेको जनाएको हो।
लोक सेवा आयोगका केन्द्रीय कार्यालयको विज्ञापन नं. १–३,५, ६–०८०–८१ (आ.प्र.खुला) विभिन्न सेवा, समूह तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ।