काठमाण्डौ– फिफा विश्व कप फुटबलमा आज समूह जीर समूह एच का दुई–दुई खेल हुँदैछन्।
पहिलो खेलमा समूह जी को क्यामरुन र सर्बिया खेल्नेछन्। यो खेल अल जानौबी स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ। दोस्रो खेल अन्तर्गत समूह एच को अर्को खेलमा दक्षिण कोरिया र घाना बेलुका पौने सात बजे खेल्ने छन्। खेल एजुकेशन सिटी स्टेडियममा हुने छ।
आजै हुने तेस्रो खेलमा समूह जी का ब्राजिल र स्विट्जरल्यान्ड राति पौने १० बजे खेल्दैछन्। ब्राजिल र स्विट्जरल्यान्ड आज दोस्रो जितको खोजीमा हुनेछन्। पहिलो खेलमा ब्राजिलले सर्बियालाई २–० गोलले पराजित गरेको थियो।
स्विट्जरल्यान्डले भने क्यामरुनलाई पराजित गरेको थियो। त्यस्तै चौथो खेलमा पोर्चुगलले उरुग्वेसँग खेल्ने छ। समूह एच मा रहेको पोर्चुगल र उरुग्वेबीचको खेल राति पौने १ बजे सुरु हुनेछ। पोर्चुगल दोस्रो र उरुग्वे पहिलो जितको खोजीमा हुनेछन्।