मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शुभ कार्यको चर्चा चल्नेछ। धर्म, तथा समाजसेवामा मन लाग्नेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । भाग्योदय हुने योग छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। न्यायिक र प्रशासनिक कार्यमा सफलता मिल्नेछ नजिकको मित्रसँग भेटघाट हुनेछ।
वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। सरकारी निकायको भय रहला। कार्यमा सम्पादनमा समस्या आउला। प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन्। मनमा दुबिधा पनि उत्पन्न हुनेछ।
मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन्। स्वादिष्ट खानेकुरा पनि मिल्नेछ। नयाँ कार्यको चर्चा चल्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ साथै केही कठिनाइको सामना पनि गर्नुपर्ला।
कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कुनै कुराले मन प्रसन्न रहनेछ। राजनैतिक क्षेत्रको कार्य विस्तारै अघि बढ्नेछ। मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।
सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्यमा सुधार आउनेछ। कृषि कार्यमा पनि सफलता मिल्नेछ। नयाँ कामको योजना बन्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। अनावश्यक ठाउँमा धन खर्च होला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ।
कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ। साताको अन्त्यमा आफन्तले सहयोग गर्नेछन्। घरमा अतिथिको आगमन हुनेछ। शुभ कार्यको चर्चा चल्नेछ । समाजसेवामा मन पनि लाग्नेछ।
वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
टाढिएका मित्रसँग नजिकिने समय छ। कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ। प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। मध्य सातामा झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ।
मक– भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ। प्रेमका कोपिलाहरू फक्रिएर जानेछन्। अध्ययनअध्यापनको क्षेत्र भने कमजोर रहन सक्छ। पारिवारिक सद्भाव पनि बढ्नेछ।
मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। नयाँ कार्यको योजना बन्ने र विभिन्न अवसर जुर्नेछ। प्रेमीबाट विशेष सहयोग मिल्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ।