जुम्लामा राष्ट्रिय परिचयपत्र बनाउन टोलीको सङ्ख्या बढ्यो - Chaitanya News
  • 2026-11-17
  • 22:17:19
  • मंगलबार,मंसिर ०२, २०८३
  • जुम्लामा राष्ट्रिय परिचयपत्र बनाउन टोलीको सङ्ख्या बढ्यो

    जुम्लामा राष्ट्रिय परिचयपत्र बनाउन टोलीको सङ्ख्या बढ्यो

    जुम्ला– सरकारले विभिन्न सेवा सुविधा लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि परिचयपत्र बनाउनेको सङ्ख्या बढेको छ । जिल्ला प्रशासन कार्यालयमा गत एक वर्षका अवधिमा ६ हजार पाँच सय ५६ जनाले राष्ट्रिय परिचयपत्र बनाएको प्रशासन शाखाका कम्प्युटर अपरेटर हेमन्त पुलामीले जानकारी दिए ।

    कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक ८० जना भन्दा बढीको सङ्ख्यामा सेवाग्राही आउने गरेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म एक हजार दुई सय २९ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेको जिल्ला प्रशासन कार्यालयका प्रजिअ रामबहादुर शाहीले बताए ।

    आठ वटै स्थानीय तहका वडामै पुगेर राष्ट्रिय परिचयपत्र बनाउनेको टोलीसमेत खटाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्वदेशमा रोजगारीको सम्भावना नदेखेपछि विदेश जाने तयारीस्वरुप राहदानी लिने बढेको जिल्ला प्रशासन कार्यालयका राहदानी फाँटले जनाएको छ ।