आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै - Chaitanya News
  • 2026-07-29
  • 00:58:17
  • मंगलबार,साउन १२, २०८३
  • आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै

    आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौँ– आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा आज राति सवा ९ बजे सुरु हुनेछ। आइतबार राति भएको शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको छ।

    लिग २ मा ९ खेल खेल्दा केवल १ जित सहित ३ अंक जोडेको नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा छ। अमेरिका १० खेलमा १४ अंक सहित दोस्रो स्थानमा छ। स्कटल्याण्ड ८ खेलबाट ११ अंकका साथ चौथो स्थानमा रहेको छ।

    लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स यूएई सम्मिलित छन्।