देशभर तापक्रम घट्दै, तराईमा हुस्सु-कुहिरो लाग्ने - Chaitanya News
  • 2026-04-23
  • 00:17:46
  • बुधबार,बैशाख ०९, २०८३
  • देशभर तापक्रम घट्दै, तराईमा हुस्सु-कुहिरो लाग्ने

    देशभर तापक्रम घट्दै, तराईमा हुस्सु-कुहिरो लाग्ने

    काठमाडौं-  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ । आज (सोमबार) प्रदेश–१, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

    मंगलबार देशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । तराई भू–भागमा हुस्सु–कुहिरो लाग्ने र तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको महाशाखाको भनाई छ ।