बैतडीकी २२ वर्षीया हिमश्वेता बनिन् पहिलो प्रयासमै अधिकृत - Chaitanya News
  • 2026-06-09
  • 19:38:09
  • मंगलबार,जेठ २६, २०८३
  • बैतडीकी २२ वर्षीया हिमश्वेता बनिन् पहिलो प्रयासमै अधिकृत

    बैतडीकी २२ वर्षीया हिमश्वेता बनिन् पहिलो प्रयासमै अधिकृत

    बैतडीकी २२ वर्षीया हिमश्वेता भट्ट पहिलो प्रयासमै अधिकृत सातौं तहमा उत्तीर्ण भएकी छन्।

    बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ५ स्थायी घर भएकी भट्टले बागमती प्रदेश लोकसेवा आयोगले लिएको कृषि अधिकृत सातौं तहको परीक्षा पास गरेकी हुन्।

    हिमेश्वरीको जन्म २०५८ फागुन १६ गते बुवा थिरेन्द्रचन्द्र भट्ट र आमा गिता भट्टको कोखबाट भएको हो।

    भट्टले पहिलो प्रयासमै लोक सेवा आयोगले लिएको अधिकृत सातौं तहको परीक्षा पास गरी मकवानपुर जिल्लाको बकैया गाउँपालिकामा कृषि अधिकृतमा सिफारिस भएकी छन्।