४४ कर्मचारीको सरुवा (सूचीसहित) - Chaitanya News
  • 2026-06-09
  • 20:24:43
  • मंगलबार,जेठ २६, २०८३
  • ४४ कर्मचारीको सरुवा (सूचीसहित)

    ४४ कर्मचारीको सरुवा (सूचीसहित)

    काठमाडौँ– सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न सेवा समूहका ४४ जना कर्मचारीको सरुवा गरेको छ।

    बुधबार बसेको प्रमुख सचिव स्तरीय बैठकको निर्णय अनुसार इन्जिनियरिङ सेवा, वन, स्वास्थ्य र सामान्य प्रशासन सेवा समूहका गरेर ४४ जना कर्मचारीको सरुवा गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार इन्जिनियरिङ सेवा तर्फ ९र१० तहका चार जना, वन सेवातर्फ ९र१० तहका चार जना, स्वास्थ्य सेवातर्फ ९र१० तहका एक जनाको काज फिर्ता र प्रशासन सेवा, सामान्य प्रशासन समूह अधिकृतस्तर ७ र ८ तहका ७ जना कर्मचारीको सरुवा गरिएको छ।

    यस्तै, प्रशासन सेवा–सामान्य प्रशासन समूह तह ५ र ६ तर्फका २४ जना, चौँथो र पाचौँ तहका चार जना कर्मचारीको पनि सरुवा भएको छ।