आज यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना - Chaitanya News
  • 2026-07-17
  • 09:24:15
  • शुक्रबार,साउन ०१, २०८३
  • आज यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

    आज यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

    काठमाडौँ– हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।