टुंगियो सहसचिवको सरुवा - Chaitanya News
  • 2026-06-09
  • 20:24:42
  • मंगलबार,जेठ २६, २०८३
  • काठमाडौँ– सहसचिवको सरुवा टुंगिएको छ। सरकारले ४० जना सहसचिवहरूको सरुवा गरेको हो।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र सरकारी निकायहरूमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेकोमा सूची अन्तिम रूप भने आज मात्रै टुंगो लागेको हो।

    पछिल्लो समय कर्मचारीको सरुवा निकै पेचिलो बन्दै आएको छ। कर्मचारीको सरुवा नियमित प्रक्रिया अन्तर्गत पर्ने भए पनि अनेकथरीका इन्ट्रेष्टबाट अश्वभाविक रूपमा हुन थालेसँगै सबैको चाँसो बढ्दै गएको हो। स्थायी सरकारसमेत भनिने कर्मचारी यन्त्र विधि र मूल्य(मान्यता भन्दा बाहिर गएर चल्न थालेसँगै सरकारदेखि सर्वसाधारण नागरिकसम्म प्रभावित हुँदै आएका छन्।

    कर्मचारीको अभिभावक मन्त्रालयका रूपमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आफ्नो स्थानमा बस्न नसक्दा तथा पदासीन राजनीतिक तथा प्रशासनिक कर्मचारीले पदीय मर्यादा र गरिमा कायम राख्न नसकेकै कारण सरुवामा भद्रगोल हुँदै आएको कर्मचारीहरूको आरोप छ।

    संघीय मामिला मात्रै होइन, सहसचिव भन्दा माथिल्ला तहका कर्मचारीको सरुवा मन्त्रिपरिषद्ले गर्ने भएकोले मन्त्रिपरिषदलेसमेत त्यो कायम राख्न सकेको देखिँदैन। हरेक मन्त्रीहरूले खल्तीबाट चिट लेखेर फलानो कर्मचारी नै चाहियो भन्ने मागका कारण पनि थप समस्याहरू सिर्जना भई रहेको छ।