काठमाडौँ– तेस्रो टी–२० आई खेलमा घरेलु टोली अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ।
अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन जोड्यो।
अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन जोडे। अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।
नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एकरएक विकेट लिए।