नेपाल प्रहरीका दुई जना डीआईजी एआईजी बढुवा सिफारिस - Chaitanya News
  • 2026-11-19
  • 00:34:09
  • बुधबार,मंसिर ०३, २०८३
  • नेपाल प्रहरीका दुई जना डीआईजी एआईजी बढुवा सिफारिस

    नेपाल प्रहरीका दुई जना डीआईजी एआईजी बढुवा सिफारिस

    काठमाडौँ– नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)बढुवाका लागि सिफारिस भएका छन्।

    बढुवा सिफारिस हुनेहरूमा डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजु रहेका छन्। बढुवा समितिको आइतबार बसेको बैठकले उनीहरूको नाम सिफारिस गरेको हो।

    बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पादमा कार्यरत छन्। प्राविधिक समूहका ह्योजु नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत छन्।