तपाँईको आजको राशिफल - Chaitanya News
  • 2026-11-17
  • 23:53:22
  • मंगलबार,मंसिर ०२, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । घरायसी विवाद बढ्न सक्छ, अतः वाणीमा लगाम लगाउन आवश्यक हुन्छ ।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
    आज भाग्यले विभिन्न अवसरहरू जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर स्वास्थ्यको विशेष ख्याल गर्नु पर्नेछ ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आज घर परिवारमा झैझमेलाको अवस्था आउला । आर्थिक पक्ष पनि कमजोर रहनेछ । स्वास्थ्यप्रति बढी सजग हुन आवश्यक छ ।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्ला । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । प्रेमीको साथ पाइनेछ ।

    धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    आज लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्ने छ ।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
    शुभ कार्यको चर्चा चल्ने छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ । अनुहारमा कान्ति छाउने छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    आज मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ ।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने छ ।

    कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट सहयोग र मानसम्मान मिल्नेछ । छोटो दूरीको लाभदायक यात्रा पनि हुनेछ ।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आज सजिलै अरुको विश्वास जित्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आकस्मिक लाभ र शुभ समाचार पनि सुन्न पाइनेछ ।

    मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    आज मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धार्मिक तथा सांस्कृतिक सभा समारोहमा सरिक हुने अवसर मिल्ने छ ।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पारिवारिक साथ र समर्थन मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।