टी–२० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई दियो १ सय ६५ रनको लक्ष्य - Chaitanya News
  • 2026-06-07
  • 01:15:38
  • शनिबार,जेठ २३, २०८३
  • टी–२० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई दियो १ सय ६५ रनको लक्ष्य

    टी–२० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई दियो १ सय ६५ रनको लक्ष्य

    काठमाडौँ– टी–२० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ।

    टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको हो।

    नेपालका लागि कप्तान रोहित पौडेले सर्वाधिक ४९ रन बनाए । यस्तै दीपन्द्रसिंह ऐरीले २८, अनिल साह र आशिफ शेखले समान २७ रन बनाए । अमेरिकाका हर्मित सिंह, सौरभ नेत्रावलकर र जसदीप सिंहले समानले दुई विकेट लिए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

    नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल पर्सि आइतबार र तेस्रो तथा अन्तिम खेल सोमवार हुनेछ । यो टी–२० शृङ्खलापछि अमेरिकामै विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिदेशीय एक दिवसीय शृङ्खला हुनेछ ।

    नेपालले अमेरिकासँग टी–२० अन्तर्राष्ट्रिय खेल पहिलो पटक खेल्न लागेको हो। नेपाल र अमेरिकाबीच यसअघि सात वटा एक दिवसीय खेल भएकोमा चार खेलमा नेपाल विजयी हुँदा दुई वटामा हार र एक खेल नतिजाविहीन भएको थियो।