लोक सेवा आयोगद्वारा सहसचिव र उपसचिव पदमा कर्मचारी भर्नाका लागि ठूलो संख्यामा विज्ञापन खुला - Chaitanya News
  • 2026-06-09
  • 21:29:31
  • मंगलबार,जेठ २६, २०८३
  • लोक सेवा आयोगद्वारा सहसचिव र उपसचिव पदमा कर्मचारी भर्नाका लागि ठूलो संख्यामा विज्ञापन खुला

    लोक सेवा आयोगद्वारा सहसचिव र उपसचिव पदमा कर्मचारी भर्नाका लागि ठूलो संख्यामा विज्ञापन खुला

    काठमाडौँ– लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा कर्मचारी भर्नाका लागि ठूलो संख्यामा विज्ञापन खुला गरेको छ।

    आयोगले आफ्नो नियमित तालिका अनुसार असोज महिनाको अन्तिम बुधवार प्राविधिक र अप्राविधिकतर्फ विभिन्न पदहरूमा विज्ञापन जारी गरेको हो।

    यस विज्ञापन अन्तर्गत निजामती सेवामा रिक्त रहेका पदहरू पूर्ति गर्न सहसचिव, उपसचिवसहितपदमा कर्मचारी भर्ना गरिनेछ। आयोगले यस प्रक्रियामा योग्य उम्मेदवारहरूको दरखास्त माग गरेको छ।