दसैँ टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा - Chaitanya News
  • 2026-05-25
  • 09:38:34
  • सोमबार,जेठ ११, २०८३
  • दसैँ टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

    दसैँ टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

    काठमाडौँ– बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

    यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।

    टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।