रामेछापमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका र्णबहादुर तामाङ निर्वाचित - Chaitanya News
  • 2026-06-15
  • 02:29:08
  • आइतबार,जेठ ३१, २०८३
  • रामेछापमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका र्णबहादुर तामाङ निर्वाचित

    रामेछापमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका र्णबहादुर तामाङ निर्वाचित

    रामेछाप– रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन्। तामाङले नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गरेका हुन्।

    कांग्रेस रामेछापको जिल्ला सभापति तामाङले ४७ हजार ९८ मत पाउँदा ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरे। २०७० मा कांग्रेसको समानुपातिक उमेदवारको बन्दसूचीमा परेका थिए। २०७४ को प्रतिनिधिसभा रामेछापमा पराजित भए। यसपटक उनले ढुंगेलसँग बदला लिएका छन्।